ne_tn/gal/04/09.md

3.4 KiB

तिमीहरू परमेश्‍वरद्वारा चिनिएका छौ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “परमेश्‍वरले तिमीहरूलाई चिन्‍नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

किन तिमीहरू ... तर्फ फर्किरहेका छौ ?

यहाँ “फर्कनु” भनेको केही कुरालाई पुनः ध्यान लगाउने कुरालाई जनाउने लक्षणा हो । दुईवटा अलङ्कारका प्रश्‍नमध्‍ये यो पहिलो प्रश्‍न हो । वैकल्‍पिक अनुवादः “तिमीहरूले कमजोर र व्यर्थका आधारभूत सिद्धान्तहरूतर्फ ध्यान दिन थाल्‍नुहुन्‍न ।” वा “तिमीहरू कमजोर र व्यर्थका आधारभूत सिद्धान्तहरूसँग सम्बन्धित हुनुहुन्‍न ।” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] अनि [[rc:///ta/man/translate/figs-rquestion]])

आधारभूत सिद्धान्तहरू

तपाईंले यस्तै समान वाक्यांशलाई गलातीहरू ४:३ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

के तिमीहरू ... दास हुने चाहना गर्छौ ?

पावलले मानिसहरूले आफूहरूलाई पुनः दास बनाउने गरी व्यवहार गरेकोमा तिनीहरूलाई हप्‍लाउनका लागि पावलले यस प्रश्‍नको प्रयोग गर्छन् । वैकल्‍पिक अनुवादः “तिमीहरू ... दासहरू हुन चाहनु हुँदैन” वा “यसले तिमीहरू दासहरू हुन चाहन्छौ भन्‍ने देखाँउछ ...” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के तिमीहरू ... दास हुने चाहना गर्छौ ?

यहाँ “दास हुनु” भनेको केही नियमहरू वा चलनहरूको पालना गर्नलाई करकापमा पर्ने कुरालाई जनाउने अलङ्कार हो । वैकल्‍पिक अनुवादः “के तिमीहरू दासले उसको मालिकको पालना गरे झैँ गरेर नियमहरूको पालना गर्न चाहन्छौ ?” वा “यस्तो देखिन्छ कि तिमीहरू पुनः नियन्‍त्रित हुन चाहन्छौ !” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)