ne_tn/gal/04/07.md

1.9 KiB

अब तिमी दास होइनौ, तर छोरा हौ

यहाँ उत्तराधिकार प्राप्‍त गर्ने विषयमा लेखेका हुनाले पावलले छोरो वा पुत्र शब्‍द प्रयोग गरेका छन् । पावलको र तिनका पाठकहरूका संस्‍कृतिमा उत्तराधिकारका कुरा साधारणतया छोरोले पाउँथ्‍यो । तापनि सधैँभरि भने यस्‍तो हुँदैनथ्‍यो । यहाँ तिनले छोरीहरूका सन्दर्भका कुरालाई कोट्याउने अथवा विशेष रूपले उल्‍लेख गर्ने कार्य गरेका छैनन् ।

अब तिमी दास होइनौ ... एक उत्तराधिकारी पनि हौ

पावलले आफ्‍ना पाठकहरू एक जना व्‍यक्ति भएझैँ गरी सम्‍बोधन गरेका छन् । यसैले यहाँ प्रयोग “तिमी” शब्‍द एकवचन हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

उत्तराधिकार

परमेश्‍वरले प्रतिज्ञाहरू दिनुभएका मानिसहरूका बारेमा तिनीहरू परिवारका सदस्‍यबाट जग्‍गाजमिन र धनसम्पत्तिको अंश प्राप्‍त गर्नेहरू जस्‍तै हुन् भनिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)