ne_tn/gal/04/06.md

3.4 KiB

तिमीहरू छोराहरू हौ

यहाँ उत्तराधिकार प्राप्‍त गर्ने विषयमा लेखेका हुनाले पावलले छोरो वा पुत्र शब्‍द प्रयोग गरेका छन् । पावलको र तिनका पाठकहरूका संस्‍कृतिमा उत्तराधिकारका कुरा साधारणतया छोरोले पाउँथ्‍यो । तापनि सधैँभरि भने यस्‍तो हुँदैनथ्‍यो । यहाँ तिनले छोरीहरूका सन्दर्भका कुरालाई कोट्याउने अथवा विशेष रूपले उल्‍लेख गर्ने कार्य गरेका छैनन् ।

परमेश्‍वरले आफ्नो पुत्रको आत्मा हाम्रा हृदयहरूमा पठाइदिनुभएको छ, र आत्माले नै “अब्‍बा, पिता” भनेर पुकारा गर्दछ ।

पवित्र आत्माले “अब्‍बा, पिता” भनी पुकारा गरेर हामी परमेश्‍वरका सन्‍तान हौँ र उहाँले हामीलाई प्रेम गर्नुहुन्‍छ भन्‍ने निश्‍चयता दिनुहुन्‍छ ।

उहाँका पुत्रको आत्मालाई हाम्रा हृदयहरूमा पठाउनुभयो

व्‍यक्तिले विचार गर्ने र महसुस गर्ने अङ्गलाई जनाउने लक्षणा शब्‍दका रूपमा हृदय शब्‍द प्रयोग भएको छ । वैकल्‍पिक अनुवादः “कसरी सोच्ने र क्रियाकलाप गर्ने भनेर हामीलाई देखाउन उहाँले आफ्ना पुत्रको आत्मा पठाउनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँको पुत्र

यो चाहिँ येशू, परमेश्‍वरको पुत्रको लागि एउटा महत्त्वपूर्ण नाउँ हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/guidelines-sonofgodprinciples)

जसले ... पुकार्नुहुन्छ

पवित्र आत्मा उहाँ नै हुनुहुन्छ जसले बोलाउनुहुन्छ ।

अब्बा, पिता

पावलको गृहनगरमा बोल्‍ने भाषामा कुनै बालकले आफ्‍ना बुबालाई यसरी नै सम्‍बोधन गर्दथे । तर गलातियाका पाठकहरूमा भने यस्‍तो थिएन । नयाँ भाषाको महसुस गराउनका लागि तपाईंको भाषामा यस शब्‍दलाई “अब्‍बा” भनी अनुवाद गर्नुहोस् ।