ne_tn/gal/01/11.md

1.3 KiB

जोड्ने कथनः

पावलले अरू कसैबाट सुसमाचार जानेका थिएनन् भनेर स्‍पष्‍ट पार्दछन्; यो तिनले येशू ख्रीष्‍टबाट जानेका थिए ।

भाइहरू

तपाईंले यसलाई गलातीहरू १:२ मा कसरी अनुवाद गर्नुभयो, सो हेर्नुहोस् ।

मानिसको सुसमाचार होइन

यो वाक्‍यांशको प्रयोग गरेर पावलले येशू ख्रीष्‍ट मानिस हुनुहुन्‍थ्‍यो भन्‍न खोजेका होइनन् । किनभने ख्रीष्‍ट मानिस र परमेश्‍वर दुवै हुनुभए तापनि, उहाँ पापपूर्ण मानिस हुनुहुन्‍न । सुसमाचार कहाँबाट आयो भनेर पावलले लेखिरहेका छन्; कि यो अरू पापी मानिसहरूबाट आएको थिएन, तर यो येशू ख्रीष्‍टबाट आयो ।