ne_tn/gal/01/10.md

1.7 KiB

के मैले अहिले मानिसहरू वा परमेश्‍वरको समर्थन खोजिरहेको छु र ? के मैले मानिसहरूलाई खुशी पार्न खोजिरहेको छु र ?

यी आलङ्कारिक प्रश्‍नहरूले “होइन” भन्‍ने जवाफको आशा गर्छ । वैकल्पिक अनुवादः “म मानिसहरूबाट स्वीकृति खोज्दिन, तर त्यसको सट्टामा परमेश्‍वरबाट स्वीकृति खोज्दछु । मैले मानिसहरूलाई खुशी पार्न खोजिरहेको छैन ।” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

यदि मैले अझै पनि मानिसहरूलाई खुशी पार्ने प्रयास गरिरहेको छु भने, म ख्रीष्‍टको दास होइन

“यदि” र “भने” भन्‍ने शब्दहरू दुवै तथ्यप्रति विपरीत हुन्छन् । “मैले अहिले पनि मानिसहरूलाई खुशी पार्न खोजिरहेको छैन; म ख्रीष्‍टको एक दास हुँ” वा “यदि मैले अझै पनि मानिसहरूलाई खुशी पार्न खोजिरहेको छु भने, म ख्रीष्‍टको दास हुनेछैन”