ne_tn/ezk/36/01.md

3.2 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएलसँग बोल्न जारी राख्नुहुन्छ । अब भने उहाँको सन्देश इस्राएलका पर्वतहरूका निम्ति हुन् ।

ए मानिसको छोरा

तपाईंले यसलाई २:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

इस्राएलका पर्वतहरूलाई अगमवाणी गर्

इजकिएल पर्वतहरूसँग तिनीहरू मानिसहरू भएझैँ बोलेको परमेश्वर चाहानु हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-personification)

आहा

यो आनन्दको एउटा अभिव्यक्ति हो । यसलाई "म असाध्य खुसी छु" वा "यो राम्रो छ" भनेर अनुवाद गर्न सकिन्छ ।

प्राचीन अग्ला ठाउँहरू

यसले इस्राएलका अग्ला पर्वतहरूलाई जनाउँछ । अर्को अनुवादः "धेरै पुराना पर्वतहरू"

हाम्रा अधिकारमा भएका छन्

"अब हाम्रा हुन्"

तिमीहरू उजाड भएका हुनाले

अर्को अनुवादः "तिमी पर्वतहरू उजाड भएका हुनाले"

तिमीहरूमाथि चारैतिरबाट आक्रमण भएको हुनाले

"तिमीहरूलाई सबै दिशाबाट आक्रमण गरिएको हुनाले" वा "तिमीहरूका शत्रुहरूले तिमीहरूलाई सबै दिशाबाट आक्रमण गरेका हुनाले"

तिमीहरू निन्दनीय ओठहरू र जिब्राहरू, अनि मानिसहरूका वर्णनका विषय बनेका छौ

अर्को अनुवादः "मानिसहरूले तिमीहरू बारे नराम्रा कुराहरू भनिरहेका छन् र जाति-जातिहरूले तिमीहरू बारे नराम्रा अफवाहहरू बताइरहेका छन्"

शब्द अनुवाद