ne_tn/ezk/33/32.md

2.2 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलका मानिसहरूबारे बताउन जारी राख्‍नुहुन्छ ।

तिनीहरूका निम्ति तँ मनपर्ने गीत ... झैं छस्

अर्को अनुवादः "तिनीहरूले तँ मनपर्ने गीत ... झैं छस् भनी सोच्छन्" वा "तिनीहरूले तेरा शब्दहरूलाई मनपर्ने गीत ... झैं छ भनी सोच्छन्"

मनपर्ने गीत

सम्भावित अर्थहरू हुन्ः १) "सुन्दर गीत" वा २) "प्रेमको गीत" वा "प्रेमको बारे गीत"

बाजामा बजाइएको

अर्को अनुवादः "कसैले राम्रोसँग बाजामा बजाएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

बाजा

तार भएको बाजा जुन मानिसहरूले संगीत निकाल्‍न प्रयोग गर्छन्

यी सबै कुरा हुँदा

"यी" शब्दले परमेश्वरले हुनेथ्यो भनी भन्‍नुभएका र इजकिएलले मानिसहरूलाई बताएका सबै कुरालाई जनाउँछ ।

हेर

"हेर" शब्दले यहाँ पछि आउने कुरालाई जोड दिन्छ । अर्को अनुवादः "साँच्चै नै"

तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन्

अर्को अनुवादः "मैले तँलाई साँच्चै ने एउटा अगमवक्ताको रूपमा पठाएँ ।

शब्द अनुवाद