ne_tn/ezk/33/12.md

1.8 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलीहरूको निम्ति उहाँको सन्देश दिन जारी राख्‍नुहुन्छ ।

धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन!

अर्को अनुवादः "यदि धर्मी मानिसले पाप गर्न लाग्छ भने, त्यो पहिले धर्मी भएको कुराले त्यसलाई बचाउनेछैन"

त्यसले आफ्नो धार्मिकतामा विश्‍वास गरेर

"त्यसले आफ्नो धार्मिकतामा भर परेर" आफू धर्मी भएको कारण आफूले पाप गरे तापनि परमप्रभुले आफूलाई दण्ड दिनुहुने छैन भनी त्यस व्यक्तिले सोच्छन् ।

अन्याय गर्छ

"जे खराब छ त्यहि गर्छ" वा "दुष्ट कुराहरू गर्छ"

त्यसले गरेको दुष्‍टताको कारण

"त्यसले गरेको दुष्‍ट कुराहरूको कारण"

शब्द अनुवाद