ne_tn/ezk/33/10.md

4.4 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएललाई इस्राएलीहरूको निम्ति उहाँको सन्देश दिन जारी राख्‍नुहुन्छ ।

इस्राएलको घराना

तपाईंले यसलाई ३:१ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

तिमीहरू यसो भन्छौ

अर्को अनुवाद: "तिमीहरूले यसो भनेका छौ"

हाम्रा अपराधहरू र पापहरू हामीमाथि आएका छन्

सम्भावित अर्थहरू यी हुन् कि १) तिनीहरू आफ्ना अपराधहरू र पापहरूको निम्ति दोषी महसुस गर्छन् वा २) परमप्रभुले तिनीहरूलाई तिनीहरूका अपराधहरू र पापहरूको निम्ति दण्ड दिँदै हुनुहुन्छ भनी तिनीहरूले अनुभव गरे ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

हामी तीनमा सडिरहेका छौं

"हामी तिनीहरूको कारण कुहिरहेका छौं ।" यस वाक्यांशले पापले मानिसहरूलाई नाश गर्ने तरिकालाई मासु कुहिने तरिकासँग तुलना गर्छ । अर्को अनुवादः "हामीलाई तिनीहरूले नाश गरिरहेका छन्" वा "हामीलाई तिनीहरूले मारिरहेका छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तीनमा

परमेश्वरले तिनीहरूलाई क्षमा गर्नुहुन्‍न भनी मानिसहरू जान्दछन् भन्‍ने कुरा यसले सङ्केत गर्छ । तथापि, केहि नयाँ संस्करणहरूले यसलाई "तिनीहरूको कारण" भनी अनुवाद गर्छन् ।

हामी कसरी बाँच्‍न सक्छौं?

मानिसहरूले आफूहरूसँग बाच्‍नको निम्ति कुनै आशा छैन भनी जोड दिन यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "हामीहरूसँग बाँच्‍नको निम्ति कुनै आशा छैन" वा "हामी निश्चय नै मर्नेछौँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

म जिउँदो भएको हुनाले

तपाईंले यस वाक्यांशलाई ५:११ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यो परमप्रभु परमेश्‍वरको घोषणा हो

तपाईंले ५:११मा यसलाई कसरी अनुवाद गर्नु भयो हेर्नुहोस् ।

दुष्‍टले आफ्नो चालबाट पश्‍चात्ताप गरी फर्कन्छ भने

"दुष्‍टले खराब कुराहरू गर्न छाड्छ भने"

तँ किन मर्ने

परमप्रभुले इस्राएलका मानिसहरू मरेको चाहानुहुन्‍न भनी जोड दिन उहाँले यो प्रश्‍न गर्नुहुन्छ । अर्को अनुवादः "मृत्यु नरोज ।"

शब्द अनुवाद