ne_tn/ezk/31/08.md

3.4 KiB

सामान्य जानकारीः

देवदारु सम्बन्धि परमप्रभुको दृष्टान्त जारी रहन्छ ।

परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्यो बराबर थिएनन्

यो फारोको निम्ति परमेश्वरको वचन भएको हुनाले, यसलाई "त्यो रुख जतिकै महान् मेरो बगैंचाका देवदारुका रुखहरू पनि थिएनन् ।"

परमेश्‍वरका बगैंचा

यो "अदनको बगैंचा"लाई जनाउँने अर्को तरिका हो ।

कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्

त्यो रुखको कति हाँगाहरू थिए भनेर परमप्रभुले दाजी रहनु भएको थियो । अर्को अनुवादः "कुनै पनि सल्लाको रूखका हाँगाहरू देवदारु झैं धेरै थिएनन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

सल्लाको रूख

सल्लाको रूखको असाध्य धेरै हाँगाहरू हुन्छ । ती असाध्य अग्ला हुन सक्छ ।

चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो

परमप्रभुले देवदारुको रुखको लामा हाँगाहरूलाई चिनारको रूखको लामा हाँगाहरूसित दाजी रहनुभएको थियो भनी यसले सङ्केत गरेको छ । अर्को अनुवादः "चिनारको रूखका देवदारुको रूखका जस्तै हाँगाहरू हुदैन थिए ।" वा "कुनै पनि चिनारको रूखको देवदारुको रूखको जतिकै लामा हाँगाहरू हुदैन थिए ।"

चिनारको रूख

चिनारको रूख ठूलो, बलिया हाँगाहरू र पातै-पात भएको रूख हो । ती अन्जिरका रूख जस्तै हुन्छन् ।

त्यसको सुन्दरतासँग मेल गर्न सकिने

"देवदारुको रुख जति नै सुन्दर"

मैले त्यसका धेरै हाँगासित त्यसलाई सुन्दर बनाएँ

"मैले देवदारुलाई धेरै लामा-लामा हाँगाहरू दिई त्यसलाई सुन्दर बनाएँ ।"

त्यसको डाह गर्थे

"देवदारुको रुखको डाह गर्थे"

शब्द अनुवाद