ne_tn/ezk/30/10.md

3.1 KiB

परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ

तपाईंले यसलाई ५:५ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

म ... मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु

अर्को अनुवादः "म ... मिश्रदेशलाई धेरै मानिसहरू नहुने तुल्याउनेछु ।"

बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा

यो दण्ड ल्याउने नबूकदनेसर हुनेछ ।

त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना ... यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म नबूकदनेसर र त्यसको सेन ... यो देश नाश गर्न ल्याउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रास

परमप्रभु नबूकदनेसरलाई "जातिहरूको त्रास" भनेर भन्‍नु हुन्छ किनकि तिनको सेना देखि सबै जातिहरू असाध्य डराउँछन् ।

मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्

"मिश्रदेशको विरुद्धमा लडाइँए गर्नेछन्"

मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌

बेबिलोनीहरूले असाध्य धेरै मिश्रीहरूलाइ मार्नेछन् भनेर देखाउन गरिएको यो एउटा बढाचढाई हो । त्यहाँ यती धेरै मृत मिश्रीहरू हुनेछन् कि तिनीहरूको मृत शरीरले पुरा मिश्र नै ढाकेको झैँ यो देखिने छ । अर्को अनुवादः "तिनीहरूले यति धेरै मानिसहरू मार्नेछन् कि तिनीहरूको मृत शरीर चारैतिर भए झैँ देखिने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-hyperbole).

शब्द अनुवाद