ne_tn/ezk/30/08.md

3.2 KiB

सामान्य जानकारीः

यी मिश्रका बारे परमप्रभुका वचन हुन् ।

तब तिनीहरूले

सम्भावित अर्थहरू हुन्ः १) "तब मानिसहरूले" वा २) "तब मिश्रीहरूले"

म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌

तपाईंले यसलाई ६:७ मा कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

जब म मिश्रदेशमा आगो लगाउनेछु

आगोले प्राय युद्धमा लाग्‍ने आगोलाई जनाउँछ । अर्को अनुवादः "जब म मिश्रदेशलाई आगोले नष्ट गर्छु" वा "जब म मिश्रदेशलाई आगोले भस्म पार्न एउटा आक्रमक सेना पठाउछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्‍यसका सबै सहयोगी नाश हुनेछन्

अर्को अनुवादः "म मिश्रका सबै मित्र राष्ट्रहरूलाई नाश गर्नेछु" वा "म मिश्रलाई सहायता गर्नेहरू सबैलाई नष्ट पार्ने छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

सुरक्षित कूशलाई त्रसित बनाउन म दूतहरू अघि पठाउनेछु

दूतहरूले कूशमा मिश्रको सर्वनाशको समाचार ल्याउने छन् जो त्यस समाचारद्वारा त्रसित हुनेछन् ।

सुरक्षित कूशलाई त्रसित बनाउन

"अहिले खतरा देखि सुरक्षित महसुस गर्ने कूशलाई तर्साउन

मिश्रदेशको अन्‍त्‍यको दिनमा तिनीहरूलाई वेदना हुनेछ

मैले मिश्रलाई दण्ड दिँदा कूशका मानिसहरूलाई पनि ठूलो पिडा हुने"

हेर्

"हेर्" शब्दले यहाँ पछि आउने कुरालाई जोड दिन्छ । यसलाई "साँच्चै नै" भनेर पनि अनुवाद गर्न सकिन्छ ।

त्‍यो आउँदैछ

"त्यो"ले "ठूलो पिडा" वा "ठूलो दुःख"लाई जनाउँछ जुन कूशले मिश्रसँगै दण्ड भोग्दा पाउने छन् ।

शब्द अनुवाद