ne_tn/ezk/30/06.md

2.5 KiB

परमप्रभु यसो भन्‍नुहुन्‍छ

यस वाक्याले परमप्रभुले भन्‍नुहुने कुराको सुरुआत गर्छ ।

मिश्र देशलाई सहयोग गर्नेहरू

"मिश्र देशलाई सहायता गर्नेहरू"

ढालिनेछन्

"मर्नेछन्" वा "नाश हुनेछन्"

त्‍यसको बलको घमण्‍ड तल जानेछ

"मिश्र देशलाई घमण्डी बनाउने त्यसको बल हराउने छ" वा "मिश्र देशलाई घमण्डी बनाउने बल नष्ट हुनेछ"

मिग्‍दोलदेखि आश्‍वान

इजकिएलले सारा मिश्रलाई जनाउँन मिश्रको सिमानका सहरहरूलाई जनाउँछ । अर्को अनुवादः "सारा मिश्रभरि" वा "मिश्रको उत्तरी सिमानादेखि मिश्रको दक्षिणी सिमाना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

तिनीहरूका फौज तरवारले ढालिनेछन्

"मिश्रको फौज तरवारद्वारा मर्नेछन् ।" अर्को अनुवादः "आक्रमण गरिरहेका सेनाले मिश्रको फौजलाई तरवारले मार्नेछन् ।"

उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्

"मिश्रका मित्र राष्ट्रहरूका सिपाहीहरू केवल उजाड देशले मात्र घेरिँदा भयभी हुनेछन्"

मा

"बिच" वा "द्वारा घेरिँदा"

त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌

"त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूद्वारा घेरिनेछन्‌"

शब्द अनुवाद