ne_tn/ezk/30/04.md

3.4 KiB

सामान्य जानकारीः

यी मिश्रका बारे परमप्रभुका वचन हुन् ।

तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ

"तरवार" शब्दले यहाँ युद्ध वा आक्रमणलाई जनाउँछ । अर्को अनुवादः "मिश्रको विरुद्धमा युद्ध हुनेछ" वा "शत्रु सेनाले मिश्रलाफ आक्रमण गर्ने छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ

"कूश देश असाध्य दुःखी हुनेछ" वा "कूशका मानिसहरू अत्यन्तै शोकित हुने छन्"

जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन्

"जब मिश्र देशमा धेरै मानिसहरू मारिनेछन्" वा "जब मिश्र देशमा धेरै मानिसहरू युद्धले मर्ने छन् ।"

जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्

"आक्रमणकारीहरूले मिश्रका धन-सम्‍पत्तिहरू लानेछन्"

जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌

"आक्रमणकारीहरूले मिश्रका भवनहरूको जग समेत भत्काइ दिनेछन्"

पूत

पूत मिश्रको पश्चिममा भएको एउटा सहर हो ।

लूद

यसले सायद लूदको राज्यलाई जनाउँछ जुन अहिले टर्कीमा पर्छ ।

करार गरिएका मानिसहरूसँगै

सम्भावित अर्थहरू हुन्ः १) "मिश्रमा बस्‍ने यहूदीहरू" वा २) मिश्रको देशका मित्र राष्ट्रहरूमा भएका अन्य मानिसहरू ।" यो कुरा अस्पष्ट छ कि यस "करार"ले परमप्रभुले इस्राएलीहरूसित गर्नुभएको करारलाई जनाउँछ वा मिश्रले अरू मानिसहरूको समुहलाई गरेको करारलाई जनाउँछ ।

तरवारले ढालिनेछन्‌

"लडाइँमा मर्नेछन्" वा "युद्धमा मर्नेछन् ।" यसको अर्थ हरेक मानिस मर्ने छन् भन्‍ने होइन तर यी देशबाटका धेरै मानिसहरू मर्नेछन् ।

शब्द अनुवाद