ne_tn/ezk/26/01.md

4.2 KiB

एघारौं वर्षमा

अर्को अनुवादः "राजा यहोयाकीनको निर्वासनको एघारौं वर्षमा

महिनाको पहिलो दिनमा

इजकिएलले हिब्रू पात्रोको कुन महिनाको बारेमा भनेको अनिश्‍चत छ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)

परमप्रभुको वचन ... आयो

"परमप्रभुले आफ्नो वचन बोल्नुभयो ।" १:३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-idiom)

मानिसको छोरो

२:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यरूशलेमको विरुद्धमा टुरोस सहरले ... भनेको छ

अर्को अनुवादः "यरूशलेमका मानिसहरू विरुद्ध टुरोसका मानिसहरूले ... भनेका छन् । " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

अहा !

अर्को अनुवादः "हो !" वा "अति राम्रो !"

मानिसहरूका ढोकाहरू भत्‍केका छन्

टुरोसका मानिसहरूले यरूशलेमलाई जनाउन यी शब्दहरू यसरी प्रयोग गर्छन् कि मानौं त्यो वरपरका जातिहरूका व्यापारीहरू पस्‍ने सहरको ढोका थियो ।यसलाई कर्मवाच्‍यमा लेख्‍न सकिन्छ ।उदाहरणः "सेनाहरूद्वारा मानिसहरूका ढोकाहरू भत्‍काइएका छन्" वा " सेनाहरूले यरूशलेमलाई नाश गरेका छन् जुन धेरै जातिका मानिसहरू प्रवेश गर्ने प्रवेशद्वारजस्तै थियो ।"( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

त्‍यो मतिर फर्केको छ

"त्यो" शब्दले ढोकाहरूलाई जनाउँछ जुन टुरोसको लागि खुल्नको लागि ढोकाको कब्जातर्फ फर्किन्छ ।यस वाक्यांशको अर्थ यरूशलेमको सट्टा अब टुरोस धेरै जातिहरूबाट व्यापारीहरू पस्‍ने सहर भएको छ । अर्को अनुवादः "मेरो लागि ढोका खुलेको छ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

म भरपूर हुनेछु

यहाँ "भरपूर हुनु" ले समृद्ध हुनुलाई जनाउँछ । अर्को अनुवादः " म समृद्ध हुनेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

त्‍यो भग्‍नावशेष भएको छ

"यरूशलेम भग्‍नावशेष भएको छ ।"

शब्द अनुवाद