ne_tn/ezk/25/03.md

3.8 KiB

सामान्य जानकारी

परमप्रभुले अम्मोनका मानिसहरूलाई के भन्‍ने भनी इजकिएललाई बताउनुहुन्छ ।

परमप्रभु परमेश्‍वरको वचन सुन

"परमप्रभु परमेश्‍वरबाटको यो सन्देश सुन"

तिमीहरूले, "अहा!" भन्‍यौ

"अहा" शब्द मानिसहरू केही कुराको बारेमा खुशी हुँदा निकाल्ने आवाज हो । यस अवस्थामा मानिसहरू खुशी थिए किनभने इस्राएल र यहूदालाई नराम्रा कुराहरू भयो । अर्को अनुवादः "तिमीहरू हाँस्यौ" वा " तिमीहरू रमायौ"

मेरो पवित्रस्‍थान तुच्‍छा पारिंदा त्‍यसको बारेमा

"शत्रुहरूले मेरो पवित्रस्‍थानलाई तुच्छ पार्दा त्यसको विरुद्धमा" । अर्को अनुवादः "जब शत्रु सेनाले मेरो मन्दिरलाई अशुद्ध पार्‍यो ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

हेर

अर्को अनुवादः "सुन !" वा "मैले तिमीहरूलाई जे भन्‍न लागेको छु त्यसमा ध्यान देऊ !"

म तिमीहरूलाई पूर्वका मानिसहरूकहाँ तिनीहरूका सम्‍पत्तिझैं सुम्‍पिदिनेछु

म तिमीहरूको पूर्वतिर भएको देशको सेनालाई आउन र तिमीमाथि विजय हासिल गर्न लगाउनेछु ।"

उनीहरूले तिमीहरूका विरुद्धमा छाउनी हाल्‍नेछन्, र तिमीहरूकै बिचमा आफ्‍ना पालहरू खडा गर्नेछन्‌

यसलाई नयाँ वाक्यमा लेख्‍न सकिन्छ : "तिनीहरूले पाल हाल्नेछन् र तिमीहरूको देशमा बस्‍नेछन् ।"

अम्‍मोनका मानिसहरूलाई भेडाको मैदान

यहाँ "अम्‍मोनका मानिसहरू" ले अम्‍मोनका मानिसहरूको देशलाई जनाउँछ । अर्को अनुवादः "म अम्मोन देशको बाँकी भूमिलाई भेडाको मैदान बनाउनेछु ।" ( हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-ellipsis]])

शब्द अनुवाद