ne_tn/ezk/21/10.md

5.9 KiB

सामान्य जानकारी

परमप्रभुले यरूशलेमका मानिसहरू र इस्राएल देशको निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

त्यसमा धार लगाइनेछ ... त्‍यसलाई टल्‍काइनेछ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म त्यसलाई धार लगाउनेछु ... त्यसलाई टल्काउनेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

बिजुलीझैं चम्‍कनलाई

यसको अर्थ तरवार यत्ति धेरै चम्कनेछ कि त्यसबाट ज्योति सजिलै र तेजिलो रूपमा प्रतिबिम्बित हुन्छ । अर्को अनुवादः "बिजुलीझैं यसबाट ज्योति तेजिलो हुनेगरी चम्कनलाई" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)

के हामी मेरो छोराको राजदण्‍डमा आनन्‍दित हुनुपर्छ र?

यस आलङ्कारिक वाक्यले इस्राएलका मानिसहरूले आफ्ना राजाको शक्तिमा उत्सव मनाउने छैन भन्‍ने कुरालाई जोड दिन्छ किनभने यसले "तरवार"लाई रोक्न सक्दैन । अर्को अनुवादः " यहूदाका मानिसहरूले आफ्ना राजाको राजदण्‍डमा आनन्‍द मनाउनेछैन ।" वा "हामीले हाम्रो राजाको राजदण्डको शक्तिमा आनन्‍दित हुनुहुँदैन ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-rquestion)

के हामी

"हामी" शब्दले इजकिएल र इस्राएलका मानिसहरूलाई जनाउँछ । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-inclusive)

मेरो छोराको राजदण्‍ड

यहाँ परमप्रभुले यहूदाको राजालाई आफ्नो छोराको रूपमा जनाउनुहुन्छ । राजाको राजदण्डले राजाको रूपमा तिनको राज्यलाई जनाउँछ । यहाँ राजाको राजदण्डको चित्रलाई कायम राख्‍नु जरूरी छ किनभने अर्को वाक्यांशमा यसकै सन्दर्भ छ । अर्को अनुवादः "राजाको राजदण्डमा" वा "राजाको राजदण्डले प्रतिनिधित्व गर्ने शक्तिमा " ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

आउनेवाला तरवारले हरेक त्यस्ता राजदण्डलाई घृणा गर्छ

यहाँ "तरवार" लाई मानिसहरूलाई आक्रमण गर्न आउनेजस्तै मूर्तरूप दिइएको छ । यसले राजाले "तरवार"को विरोध गर्न नसक्ने कुरालाई "तरवार" ले राजाको राजदण्डलाई घृणा गरेजस्तैगरी बताइएको छ । अर्को अनुवादः "अरू शासकहरूलाई जस्तै तरवारले त्यसका राजदण्डमाथि विजय पाउनेछ ।" वा "तरवारलाई राजाको विरुद्धमा ल्याउँदा राजाले त्यसको विरोध गर्नसक्ने छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

त्यो तरवारलाई टल्‍काउन दिइनेछ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "म त्यो तरवारलाई टल्काउनेछु ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

र तब हातले समाइनेछ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "र तब सही व्यक्तिले हात समाउनेछ ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

मार्ने व्‍यक्‍तिको हातमा त्‍यो दिइएको छ

यसलाई कर्तृवाच्‍यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यो मार्ने व्यक्तिले प्रयोग गर्नको लागि तयार छ ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद