ne_tn/ezk/21/04.md

3.9 KiB

सामान्य जानकारी

परमप्रभुले इस्राएल देशको निम्ति उहाँको सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

खतम गर्न

यो एउटा व्यंजना हो जसको अर्थ मार्नु हुन्छ । अर्को अनुवादः "मार्न" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

धर्मी र दुष्‍ट

यसले धर्मी र दुष्‍ट मानिसहरूलाई जनाउँछ । अर्को अनुवादः "जो धर्मी छन् ... जो दुष्‍ट छन् ।" वा "धर्मी मानिसहरू ... दुष्‍ट मानिसहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

विरुद्ध मेरो तरवार म्‍यानबाट निस्‍कनेछ

यसले परमप्रभुले यी मानिसहरू मर्ने तुल्याउनुहुने बारेमा यसरी बताउँछ कि मानौं वास्तवमै उहाँले आफ्नो तरवारले तिनीहरूलाई मार्नुभयो । अर्को अनुवादः " यो मैले तरवार म्यानबाट थुतेर प्रहार गरेजस्तै हुनेछ ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

हरेक प्राणी

यहाँ "प्राणी" मानिसहरूको निम्ति लक्षणा हो । अर्को अनुवादः "सबै मानिसहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

दक्षिणदेखि उत्तरसम्‍म

यो लक्षणा हो जसले उत्तरपट्टि, दक्षिणपट्टि र बिचमा भएका सबै ठाउँहरूलाई जनाउँछ । अर्को अनुवादः " हरेक दिशामा" वा " चारैतिर" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-merism)

कि म परमप्रभुले नै मेरो तरवार म्‍यानबाट झिकेको छु

यसले परमप्रभुले यी मानिसहरू मर्ने तुल्याउनुहुने बारेमा यसरी बताउँछ कि मानौं वास्तवमै उहाँले आफ्नो तरवारले तिनीहरूलाई मार्नुभयो । अर्को अनुवादः " यो म, परमप्रभुले तरवारले मानिसहरूलाई प्रहार गरेजस्तै हुनेछ ।" ( EN-UDB) ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

त्‍यो फेरि म्‍यानमा हालिनेछैन

अर्को अनुवादः " म त्यसलाई फेरि म्यानमा हाल्नेछैन" ( EN-UDB) वा " म मानिसहरूलाई आक्रमण गर्नदेखि रोकिने छैन ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-personification)

शब्द अनुवाद