ne_tn/ezk/11/08.md

3.7 KiB

सामान्य जानकारी:

परमप्रभु इस्राएलको निम्ति आफ्नो सन्देश इजकिएललाई निरन्तर दिनुहुन्छ ।

तिमीहरू तरवारदेखि डराएका छौ । यसैले तिमीहरूका विरुद्धमा म तरवार ल्‍याउँदैछु

"तरवार" शब्द आफ्ना तरवारहरूले आक्रमण गर्ने शत्रु सेनाहरूको लागि लक्षणा हो । अर्को अनुवाद: " तिमीहरू युद्धदेखि डराएका छौ । यसैले तिमीहरूलाई आक्रमण गर्न म शत्रु सेनाहरू ल्‍याउँदैछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूलाई विदेशीहरूका हातमा सुम्‍पिदिनेछु

यहाँ "हातहरू" शब्दले शक्ति वा नियन्त्रणलाई प्रतिनिधित्व गर्छ । अर्को अनुवाद: "म तिमीहरूलाई विदेशीहरूका शक्तिमा राख्‍नेछु" वा "म तिमीहरूलाई कैद गर्न विदेशीहरूलाई सक्षम तुल्याउनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू तरवारले ढल्‍नेछौ

"तरवार" शब्द आफ्ना तरवारहरूले आक्रमण गर्ने शत्रु सेनाहरूको लागि लक्षणा हो । " तिमीहरू तरवारले ढल्‍नेछौ" को अर्थ तिनीहरू तरवारलद्वारा मारिनेछन् भन्‍ने हुन्छ । अर्को अनुवाद: "तिनीहरूले तिमीहरूलाई आफ्ना तरवारले मार्नेछन्" (EN_UDB)वा "तिमीहरू युद्धमा मर्नेछौ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ

सम्भावित अर्थहरू: १) म, परमप्रभु को हुँ भनेर तिमीहरूले बुझ्‍नेछौ" वा २) म परमप्रभु, एउटा साँचो परमेश्‍वर हुँ भनेर तिमीहरूले बुझ्‍नेछौ" वा ३) म, परमप्रभुसित मैले गर्छु भनेको कुराहरू गर्ने शक्ति छ भनेर तिमीहरूले जान्‍नेछौ" (EN-UDB) ६:७ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद