ne_tn/ezk/11/05.md

3.6 KiB

सामान्य जानकारी:

परमप्रभु अगमवक्ता इजकिएलसँग निरन्तर बोलाउनुहुन्छ ।

परमप्रभुका आत्‍मा ममा आउनुभयो

इजकिएल परमप्रभुका आत्माले तिनलाई प्रेरित र शक्ति दिइरहेको बारेमा यसरी बताउँछन् कि मानौँ परमप्रभुका आत्‍मा तिनीमाथि आउनुभयो । अर्को अनुवाद: "परमप्रभुको आत्माले मलाई शक्ति दिनुभयो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरू यसो भन्दछौ

"तिमीहरू यी कुराहरू भन्दछौ ।" यसले ११:२ मा मानिसहरूले भनिरहेका कुराहरूलाई जनाउँछ ।

इस्राएलका घराना

"घराना" शब्द परिवारको लागि लक्षणा हो, यो ममिलामा इस्राएलीहरू जो याकूबका सन्तानहरू हुन् । ३:१ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "इस्राएलका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरूले मारेका मानिसहरू ... मासु हुन्, र यो सहरचाहिं भाँडो हो

तिनीहरूले मारेकाहरूका मानिसहरूको बारेमा परमप्रभु यसरी बताउनुहुन्छ कि मानौँ तिनीहरू मासुको राम्रो टुक्रा थिए र सहरको बारे यसरी बताउनुहुन्छ कि मानौँ त्यो एउटा भाँडो थियो जसमा मासु राखिन्थ्यो वा पकाइन्थ्यो । ११:३ मा यस रूपकलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "तिमीहरूले मारेका मानिसहरू ... मासुजस्तै हुन्, र यो सहरचाहिं भाँडो हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तर तिमीहरूचाहिं यस सहरका बिचबाट बाहिर निकालिनेछौ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "तर मैले तिमीहरूलाई चाहिं यस सहरका बिचबाट बाहिर निकाल्‍नेछु" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-activepassive]], [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद