ne_tn/ezk/08/17.md

3.1 KiB

के तिनीहरूले यहाँ गरिरहेका यी घिनलाग्‍दा काम यहूदाका घरानाको लागि सानो कुरा हो र?

मूर्तिहरू पुज्‍नु धेरै नराम्रो भनेर यहूदाका मानिसहरूले नसोचेका हुनाले परमेश्‍वरले आफ्नो रिस देखाउनको लागि उहाँ यो प्रश्‍न गर्नुहुन्छ । अर्को अनुवादः "के यहूदाका मानिसहरूले आफ्ना घिनलाग्दा कार्यहरू गम्भीर छैनन् भनेर सोच्छन् ?" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

यहूदाका घराना

"घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लाक्षण हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका यहूदाका सन्तानहरू । अर्को अनुवादः "यहूदाका मानिसहरूका समुह" वा "यहूदाका मानिसहरू" इजकिएल ३:१ मा शब्द छन्। (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले देशलाई हिंसाले भरेका छन्

"तिनीहरूले देशभरि नै हिँसालु कुराहरू गरिरहेका छन्" वा "सारा देशभरि नै तिनीहरूले एक अर्कालाई आक्रमण गरिरहेका छन्"

मलाई रिस उठाउनलाई

"मलाई रिस उठाउन"

आफ्‍ना नाकमा हाँगा राखेर

यसले "झूटो आराधनामा आफ्ना नाकमा हाँगा राख्‍नु" भन्‍ने अर्थ दिन सक्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

म तिनीहरूलाई छोड्नेछैनँ

"म अझै तिनीहरूलाई दण्ड दिनेछु"

तिनीहरू उच्‍च सोरले मेरो कानैमा कराए तापनि

अर्को अनुवादः "तिनीहरूले ठूलो स्वरमा मलाई प्रार्थना गरेता पनि"

म तिनीहरूको कुरा सुन्‍नेछैनँ

"म तिनीहरूलाई सुन्‍नेछैनँ"

शब्द अनुवाद