ne_tn/ezk/06/08.md

3.7 KiB

सामान्य जानकारीः

यी इस्राएलका मानिसहरूका लागि परमप्रभुका वचनहरू हुन् ।

तरवारबाट उम्‍केका कोही

"लडाईंमा नमारिएका कोही ।" तरवारले यूद्धमा मारिनुलाई प्रतिनिधित्व गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिमीहरू देश-देशमा तितरबितर हुँदा

"तिमीहरू विभिन्‍न देशहरूमा बस्‍न जाँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

तब मबाट तर्केका तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरूका पछि लाग्‍ने तिनीहरूका कुदृष्‍टहरूले म दुःखित भएको थिएँ

परमप्रभुले इस्राएलीहरूको बारेमा यसरी बताउनुहुन्छ कि मानौँ तिनीहरू धेरै मानिसहरूसित सुत्‍ने एउटी स्‍त्री थिए । अर्को अनुवादः "म दुःखी थिएँ किनभने तिनीहरू त्यो पत्‍नी जस्तै थिए, जसले अरू मानिसहरूसित सुत्‍नलाई मलाई छोड्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूका व्‍यभिचारी हृदय र मूर्तिहरू

परमप्रभुले इस्राएलीहरूका बारेमा यसरी बताउनुहुन्छ कि मानौँ तिनीहरू विवाहित स्‍त्रीहरू थिए, जसले अरू मानिसहरूलाई हेर्छन् र तिनीहरूसित सुत्‍ने चाहना गर्छन् । अर्को अनुवादः "तिनीहरूले मूर्तिहरूको पुजा गर्ने कडा चाहना गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

तिनीहरूले गरेको दुष्‍टता र तिनीहरूका सबै घृणित कामहरूको कारण तिनीहरूले आफ्नो अनुहारमा घृणा देखाउनेछन्

सम्भावित अर्थहरू १) तिनीहरूले गरेका दुष्ट कुराहरूका कारण तिनीहरू आफैलाई घृणा गर्नेछन्" २) "तिनीहरूले गरेका दुष्ट कुराहरू तिनीहरूले घृणा गर्नेछन्" अर्को अनुवादः "तिनीहरूले गरेका दुष्टताको लागि तिनीहरूका मुहारहरूले घृणा देखाउनेछन्"

शब्द अनुवाद