ne_tn/ezk/04/01.md

4.6 KiB

सामान्य जानकारीः

परमप्रभु इजकिएलसित निरन्तर बोल्नुहुन्छ । उहाँले इजकिएललाई ईट, धूलो र काठका टुक्राहरू लिनु र परमप्रभुले इस्राएललाई नाश गरिरहनुभएजस्तै नाटक गर्नु भन्‍नुभयो ।

ए मानिसको छोरो

"मानवजातिको छोरा" वा "मानवताको छोरा" । इजकिएल केवल मानिस हुन् भनेर जोड दिनलाई परमेश्‍वरले इजकिएललाई यसरी बोलाउनुहुन्छ । परमेश्‍वर शक्तिशाली हुनुहुन्छ र सदा जीवित हुनुहुन्छ, तर मानिसहरू हुँदैनन् ।" यसलाई इजकिएल २:१ मा भएजस्तै अनुवाद गर्नुहोस् ।अर्को अनुवादः "मरणशील मानिस" वा "मानव"

यरूशलेमको नक्सा बना

इजकिएलले चित्र बनाउनुपर्छ भनेर तपाईंले स्पष्ट पार्न आवश्यक पर्नसक्छ । अर्को अनुवादः "यरूशलेम सहरको चित्र बना" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्‍यसका चारैतिर घेरा हाल्‌

"सहरलाई कब्जा गर्नको लागि घेरा हाल्"

त्‍यसको विरुद्धमा किल्लाहरू बना

"त्यसको विरूद्ध बलिया पर्खालहरू बना" । पर्खालहरूले मानिसहरूलाई सहर छोड्नबाट रोक्नेछ ।

त्यसको वरिपरि घेरा-मचान खडा गर्

"शत्रुहरू भित्र पस्‍नको लागि यसको बाहिर घेरा-मचान खडा गर् ।" यरूशलेममा भित्रको मानिसहरूलाई रक्षा गर्नको लागि वरिपरि पर्खाल थियो । शत्रुहरूसँग पर्खाल माथि चढ्नको लागि घेरा-मचान भयो भने मात्र तिनीहरू भित्र पस्‍न सक्नेथे।

भत्‍काउने मूढाहरू राख्‌

"भत्‍काउने मूढाहरू" भनेको ठूला रूखहरू वा खम्बाहरू हुन् जसलाई सेनामा भएका धेरै मानिसहरूले उचाल्छन् र ढोका वा पर्खालमा हान्छन्, ताकि तिनीहरूले त्यसलाई भत्काएर भित्र पस्‍न सकून्। "मानिसहरूले ढोकाहरू भत्काएर भित्र पस्‍नको लागि प्रयोग गर्नलाई ठूला खम्बाहरू वरिपरि राख्"

तेरो मुहार ... फर्का

"त्यसलाई रिसालु मुहारले हेर्"

इस्राएलका घराना

"घराना" शब्द घरमा बस्‍ने परिवारको लागि एउटा लक्षणा हो, यस मामिलामा इस्राएलीहरू, धेरै वर्षदेखिका याकूबका सन्तानहरू । अर्को अनुवादः "इस्राएलीका मानिसहरूका समुह" यसलाई इजकिएल ३:१ मा भएजस्तै अनुवाद गर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद