ne_tn/ezk/02/06.md

3.0 KiB

सामान्य जानकारीः

परमेश्‍वर निरन्तर इजकिएलसित बोल्‍नुहुन्छ ।

मानिसको छोरो

"मानवजातिको छोरा" वा "मानवताको छोरा" । इजकिएल केवल मानिस हुन् भनेर जोड दिनलाई परमेश्‍वरले इजकिएललाई यसरी बोलाउनुहुन्छ । परमेश्‍वर शक्तिशाली हुनुहुन्छ र सदा जीवित हुनुहुन्छ, तर मानिसहरू हुँदैनन् ।" यसलाई इजकिएल २:१ मा भएजस्तै अनुवाद गर्नुहोस् ।अर्को अनुवादः "मरणशील मानिस" वा "मानव"

सिउँडी र काँढा ... बिच्‍छीहरू

यी शब्दहरूले इजकिएलले परमेश्‍वरले भन्‍नुभएका कुराहरू तिनीहरूलाई भन्दा दयासित व्यवहार नगर्ने इस्राएलका मानिसहरूको वर्णन गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

सिउँडी र काँढा

हाँगाहरूमा तिखो चुच्चो भएका झाडीहरू सिउँडी हुन् । हाँगाहरूमा भएका तिखो चुच्चोहरू काँढाहरू हुन् ।

बिच्‍छीहरू

बिच्‍छीहरू अगाडि दुइवटा नङ्गाहरू, छवटा खुट्टाहरू र ठूलो विषालु चिल्‍ने पुच्छर भएको एउटा सानो जनावर हो । यसले चिल्दा धेरै दुख्छ ।

तिनीहरूका वचनहरूदेखि नडरा

"तिनीहरूले भनेको कुराबाट नडरा"

तिनीहरूका अनुहारहरूदेखि भयभीत नहो

मानिसहरूले आफ्‍ना अनुहारबाट सन्देश व्यक्त गर्नेको लागि "तिनीहरूका अनुहारहरू" शब्दहरू लक्षणा हुन् । अर्को अनुवादः "तिनीहरूले तँलाई हेर्ने तरिकाको कारण मेरो सेवा गर्ने तेरो इच्छा नगुमा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद