ne_tn/ezk/02/01.md

2.5 KiB

सामान्य जानकारीः

इजकिएल आफूले देखेको दर्शनको बारेमा निरन्तर बताउँछन् ।

उहाँले मलाई भन्‍नुभयो

यदि तपाईंको भाषामा बोल्नेलाई चिनाउनुपर्‍यो भने बोल्‍नेलाई "बोल्‍ने मानिसजस्तै देखिने" को रूपमा चिनाउन सकिन्छ (१:२६) । त्यो "आत्मा" थिइन"

मानिसको छोरो

"मानवजातिको छोरा" वा "मानवताको छोरा" । इजकिएल केवल मानिस हुन् भनेर जोड दिनलाई परमेश्‍वरले इजकिएललाई यसरी बोलाउनुहुन्छ । परमेश्‍वर शक्तिशाली हुनुहुन्छ र सदा जीवित हुनुहुन्छ, तर मानिसहरू हुँदैनन्" अर्को अनुवादः "मरणशील मानिस" वा "मानव"

आत्‍मा

अरू सम्भावित अर्थहरू १) एउटा आत्मा" वा २) "बतास"

इस्राएलका मानिसहरू ... एउटा विद्रोही जाति

"इस्राएलीहरू ... विद्रोही मानिसहरू" । दुवै वाक्यांशहरूले एउटै मानिसलाई जनाउँछ । "इस्राएलका मानिसहरू जो विद्रोही छन्"।

आजको दिनसम्‍मै

यसको अर्थ इस्राएलका मानिसहरूले परमेश्‍वरको आज्ञा निरन्तर उल्लंघन गरिरहेका थिए भन्‍ने हुन्छ । "अझै पनि वा "आज पनि"

शब्द अनुवाद