ne_tn/ezk/01/27.md

3.1 KiB

सामान्य जानकारीः

इजकिएल निरन्तर आफ्‍नो दर्शनको बारेमा बताउँछन् ।

उहाँको कम्‍मरदेखि मास्‍तिर

त्यस मानिसको कम्मरदेखि माथिको शरीर चम्कने धातुजस्तो देखिन्थ्यो, जसभित्र आगो थियो ।

उहाँको कम्‍मरदेखि मुन्‍तिरको आकृति पनि आगोजस्‍तै देखियो, र उहाँको वरिपरी चहकिलो उज्‍यालो

उहाँको कम्मरमुनि वरिपरि, आगो र उज्यालो ज्योति कस्तो देखिन्छ भनेर मैले देखेँ"

उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्‍द्रेनीको आकारझैं उज्‍ज्‍वल थियो

"पानी परेको दिन बादलमा देखिने इन्‍द्रेनीजस्तै उहाँको वरिपरी चम्कने उज्यालो देखिन्थ्यो ।

इन्‍द्रेनी

दर्शकहरूको पछाडि पानी पर्दा घाम लाग्दा देखा पर्ने रङ्गीबिरङ्गि प्रकाशका रेखाहरू

त्‍यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्‍थ्‍यो

"चहकिलो उज्यालो परमेश्‍वरको महिमा समान केही कुरा जस्तै देखिन्थ्यो "

म घोप्‍टो परें

"मैले ढोगेँ" वा "म जमिनमा पस्रेँ ।" इजकिएल दुर्घटनावश घोप्‍टो परेनन। उनले परमप्रभुलाई सम्मान गर्थे र उहाँसित डराउँथे भनेर देखाउन तिनी जमिनसम्‍मै निहूरे । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

बोलिरहेको आवाज मैले सुनें

"आवाज" शब्द मानिसको लागि लक्षणा हो । अर्को अनुवादः "मैले कसैले बोलेको सुनेँ" वा "कोही बोल्यो र मैले त्यसको आवाज सुनेँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद