ne_tn/exo/34/05.md

4.7 KiB

त्यहाँ मोशासित खडा हुनुभयो

"पर्वतमा मोशासित खडा हुनुभयो"

उहाँले "परमप्रभु" नाउँको घोषणा गर्नुभयो

सम्‍भावित अर्थहरू १) "उहाँले 'परमप्रभु' नाउँ बोल्नुभयो ।" वा २) "उहाँले परमप्रभु को हुनुहुन्छ भनी घोषणा गर्नुभयो ।" दोस्रो अर्थ ,"नाउँ"ले परमेश्‍वर को हुनुहुन्छ भनी प्रतिनिधि गर्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही

परमेश्‍वर आफ्नै बारेमा भन्दै हुनुहुन्छ।अर्को अनुवाद: "म, परमप्रभु परमेश्‍वर हुँ र म करुणामय र अनुग्रही छु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ

"जहिलेपनि करारको विश्‍वसनीयतामा र भरोसायोग्यता देखाउनुहुन्छ ।"

करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ

अर्को अनुवाद: "जहिलेपनि करारको विश्‍वसनीयतामा र भरोसायोग्यता देखाउनुहुन्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन

परमप्रभु आफ्नै बारेमा बोल्दै हुनुहुन्छ ।अर्को अनुवाद: "म दोषीलाई कुनै किसिमले छाड्नेछैनँ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-123person)

दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन

"निश्‍चय नै दोषीलाई छाड्नुहुनेछैन " वा "निश्‍चय नै दोषीलाई निर्दोष ठहराउनुहुनेछैन ।" वा "निश्‍चय नै दोषी मानिसलाई स्‍वतन्‍त्र छाड्नुहुनेछैन ।"

उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू... दिनुहुन्छ

मानिसहरूलाई दण्डित गर्ने बारेमा यसरी बताइएको छ कि मानौं दण्ड एउटा वस्‍तु हो जुन कसैलाई दिन सकिन्‍छ । अर्को अनुवाद: "उहाँले पिता-पुर्खाहरूका पापको दण्‍ड छोराछोरीहरूलाई दिनुहुनेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

छोराछोरीहरू

"छोराछोरीहरू" शब्‍दले सन्‍तानहरूलाई जनाउँछ । अर्को अनुवाद: "तिनीहरूका सन्‍तानहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद