ne_tn/exo/17/01.md

2.8 KiB

सीनको उजाड-स्थान

यहाँ "सीन" भन्‍ने शब्द उजाड-स्थानको हिब्रू नाम हो। यो अंग्रेजी शब्द "पाप" होइन । प्रस्थान १६:१मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

रपीदीम

यसको अर्थ उजाड-स्थान बाटको लामो यात्रामा एउटा विश्राम गर्ने स्थान, "आराम गर्ने ठाउँ" भन्‍ने हुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-names)

तिमीहरू किन मसित झगडा गर्छौ ? तिमीहरू किन परमप्रभुको जाँच गर्छौ ?

मानिसहरूलाई गाली गर्न मोशाले यी प्रश्‍नहरूको प्रयोग गर्छन् । अर्को अनुवादः "तिमीहरूले मसँग झगडा गर्न हुँदैन! तिमीहरूले परमप्रभुको जाँच गर्न हुँदैन!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तुलाई तिर्खाले मार्नलाई ?

मोशाले मानिसहरूलाई मार्न खोज्दैछन् भनी उनलाई दोष्‍याउनलाई तिनीहरू यो प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवादः "हामीलाई पिउनलाई कुनै पानी नदिएर तपाईंले हामीलाई, हाम्रा छोराछोरी र गाईवस्तुलाई मार्नको लागि मात्र यहाँ ल्याउनुभएको हो !" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-explicit]])

शब्‍द अनुवाद