ne_tn/exo/15/09.md

4.0 KiB

मेरो इच्छा तिनमा तृप्त हुनेछ

यसलाई कर्मवाच्यमा व्‍यक्‍त गर्न सकिन्‍छ । उदाहरणको लागि : "म मेरो इच्‍छा तिनमा तृप्‍त गर्नेछु ।" वा "म मलाई चाहिएको सबै तिनबाट लिनेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेरा हातले तिनीहरूलाई नष्ट पार्नेछन्

आफ्‍ना हातका शक्तिद्वारा इस्राएलीहरूलाई नष्‍ट गर्ने कुरालाई शत्रुहरू यसरी बताउँछन् कि मानौँ यो उनीहरूका हात थिए जसले तिनीहरूलाई नष्‍ट पार्नेछन् । अर्को अनुवाद: "म मेरा हातले तिनीहरूलाई नष्ट पार्नेछु ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो

अर्को अनुवाद: "तर तपाईंले बतास चलाउनुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

र्लंदो भेलमा सिसाजस्तै डुबे

सिसा एउटा गह्रौ धातु हो जुन सामान्य रूपमा कुनै पनि बास्तुलाई पानीमा डुबाउनको लागि प्रयोग गरिन्छ। यहाँ "सिसा" शब्‍द परमेश्‍वरका शत्रुहरू कति छिटो नष्‍ट भए भनरे देखाउन प्रयोग गरिएको छ । अर्को अनुवाद: "गहिरो अशान्त पानीमा सिसा जतिकै चाँडो " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो को छ र?

परमेश्‍वर कति महान् हुनुहुन्छ भन्‍ने देखाउन मोशाले यो प्रश्‍न गरेका हुन् । अर्को अनुवादः "हे परमप्रभु, देवहरूका बिचमा तपाईंजस्तो कोही छैन !" वा "हे परमप्रभु, कुनै ईश्‍वर तपाईंजस्तो छैन !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

पवित्रतामा ... तपाईंजस्तै को छ र?

परमेश्‍वर कति महान् हुनुहुन्छ भन्‍ने देखाउन मोशाले यो प्रश्‍न गरेका हुन् । अर्को अनुवाद: "तपाईंजस्‍तै कोही छैन । पवित्रतामा वैभवशाली तपाईंजस्‍तै कोही छैन । प्रशंसामा आदरणीय तपाईंजस्तै कोही छैन र तपाईंले गरेजस्‍तै आश्चर्यकर्म कसैले गर्न सक्‍दैनन् !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

शब्‍द अनुवाद