ne_tn/exo/10/07.md

2.2 KiB

धम्की दिने

"धम्की दिने" एउटा व्‍यक्‍ति हो जसले समस्‍या र हानी ल्‍याउँछ ।

कहिलेसम्म यो मानिसले हामीलाई धम्की दिने?

फारोका अधिकारीहरूले फारोलाई मिश्रमा विनाशको परिणाम देखाउन यो प्रश्‍न गरे । यो आलङ्‍कारिक प्र‍श्‍नलाई भनाइको रूपमा अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद: "हामीले यो मानिसलाई हामीमाथि अझै कष्‍ट ल्‍याउन दिन सक्‍दैनौ !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मिश्र नष्ट भएको के हजुरले देख्नुभएको छैन र?

फारोले हेर्न इन्कार गरेका कुरा तिनलाई स्वीकार गराउन फारोका अधिकारीहरूले यो प्रश्‍न गरे यो आलङ्‍कारिक प्रश्‍नलाई भनाइको रूपमाअनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "मिश्र नष्‍ट भएको हजुरले हेर्नुहोस्!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मिश्र नष्ट भएको

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ छ । उदाहरणको लागि : "यी विपत्तिहरूले मिश्रलाई नष्‍ट गरेको" वा "तिनीहरूका परमेश्‍वरले मिश्रलाई नष्‍ट गर्नु भएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद