ne_tn/exo/04/10.md

3.4 KiB

म बोल्न र जिब्रो चलाउनमा सुस्त छु

"बोल्न र जिब्रो चलाउनमा सुस्त" भन्‍ने वाक्यांशले मूलत: एउटै अर्थ दिन्छ । मोशाले आफू बोल्नमा सिपालु छैन भनी जोड दिन यी प्रयोग गर्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

जिब्रो चलाउनमा सुस्त

यहाँ "जिब्रो"ले मोशाको बोल्ने क्षमतालाई जनाउँछ । अर्को अनुवादः "राम्ररी बोल्नमा असक्षम" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मानिसको मुख बनाउने को हो?

मानिसले बोल्न सक्‍ने सम्भव पार्ने सृष्‍टिकर्ता उहाँ हुनुहुन्छ भनी जोड दिन परमप्रभुले यो प्रश्‍न गर्नुहुन्छ । अर्को अनुवादः "मानवको मुख बनाइ बोल्न सक्ने बनाउने म परमप्रभु हुँ जसले !" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

मानिसलाई गुँगो वा बैरो वा दृष्टिविहीन बनाउने को हो?

मानिसले बोल्न र सुन्‍न सक्छ कि सक्दैन र तिनीहरूले देख्‍न सक्छ कि सक्दैन भनेर निर्णय गर्नु हुने उहाँ हुनुहुन्छ भन्‍ने कुरालाई जोड दिन परमप्रभुले यो प्रश्‍न गर्नुहुन्छ । अर्को अनुवादः "मानिसहरू बोल्‍न, वा सुन्‍न, वा देख्‍न सक्ने, अथवा अन्धो हुने बनाउने म परमप्रभु हुँ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

के म परमप्रभुले नै होइनँ र?

परमप्रभु एक्लैले यी निर्णयहरू गर्नुहुन्छ भनी जोड दिनलाई उहाँले यो प्रश्‍न गर्नुहुन्छ । अर्को अनुवादः "यो गर्ने म, परमप्रभु नै हुँ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

म तेरो मुखमा भएर

यहाँ "मुख"ले मोशाको बोल्ने क्षमतालाई जनाउँछ । अर्को अनुवादः "म तँलाई बोल्ने क्षमता दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद