ne_tn/exo/03/16.md

3.5 KiB

सामान्य जानकारीः

परमेश्‍वर मोशासँग निरन्तर बोल्‍नुहुन्छ ।

तिमीहरूका पिता-पुर्खाका परमेश्‍वर ... अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर

अब्राहाम, इसहाक र याकूब मोशाका तिन पिता-पुर्खा थिए । तिनीहरू सबैले एउटै परमेश्‍वरलाई पुजे।

मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु

"तिमीहरू" भन्‍ने शब्दले इस्राएलका मानिसहरूलाई जनाउँछ ।

दूध र मह बग्ने देश

"देश जहाँ दूध र मह बग्छ ।" परमेश्‍वरले जनावरहरू र विरुवाहरूको लागि देश असल भएको कुरालाई ती जनावरहरू र विरुवाबाटको दूध र मह देशबाट भएर बग्दै गरेझैँ बताउँनुहुन्छ ।" तपाईंले प्रस्थान ३:८मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "गाइबस्तु पालन र अन्‍न उब्जाउनको निम्ति उत्तम देश। (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-metonymy]])

बग्‍ने

"भरि" अथवा "प्रशस्त"

दूध

दूध गाइहरू र बाख्राहरूबाट आउने हुनाले, यसले गाइबस्तुद्वारा उत्पादन गरिने खानेकुरालाई जनाउँछ गर्छ । अर्को अनुवादः "गाइबस्तुबाटको खानेकुरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मह

मह फूलहरूबाट उत्पादन गरिने हुनाले, यसले अन्‍नबाटको खानेकुरालाई जनाउँछ । अर्को अनुवादः "अन्‍नबाटको खानेकुरा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले तेरो कुरा सुन्‍नेछन्

"तेरो" भन्‍ने शब्‍दले मोशालाई जनाउँछ । अर्को अनुवादः "धर्म-गुरूहरूले तँलाई सुन्‍नेछन्"

शब्द अनुवाद