ne_tn/exo/03/13.md

1.7 KiB

परमेश्‍वरले मोशालाई भन्नुभयो, "म हुँ जो म हुँ ।"

परमेश्‍वरको नाउँ बारे मोशाको प्रश्‍नप्रति यो परमेश्‍वरको जवाफ हो । यसलाई स्‍पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "परमेश्‍वरले मोशालाई भन्‍नुभयो, तिनीहरूलाई भन कि परमेश्‍वरले आफ्नो नाउँ "म हुँ जो म हुँ" भन्‍नुहुन्छ ।"

म हुँ जो म हुँ

सम्भवित अर्थहरू हुन्ः १) यो सबै वाक्य परमेश्‍वरको नाउँ हो अथवा २) परमेश्‍वरले आफ्नो नाउँ बताइरहनु भएको होइन तर आफ्नै बारेमा केहि कुरा बताउनु भएको हो । यसो भन्‍दै, परमेश्‍वरले उहाँ अनन्‍त हुनुहुन्छ भनी सिकाउँदै हुनुहुन्छ; उहाँ सधैँ हुनुहुन्थ्यो र सधैँ हुनुहुनेछ ।

शब्द अनुवाद