ne_tn/eph/06/01.md

1.8 KiB

सामान्य जानकारीः

सुरुको “तिमीहरूको” भन्‍ने शब्द बहुवचनमा छ । त्यसपछि पावल मोशाको भनाइलाई उद्‌धृत गर्छन् । मोशाले इस्राएलका मानिसहरूसँग बोल्दा तिनीहरू एउटै व्यक्ति भए झैँ गरी कुरा गरिरहेका थिए, त्यसैले “तिम्रो” र “तिमी” भन्‍ने शब्दहरू एकवचनमा छन् । तपार्इंले तिनीहरूलाई बहुवचनको रूपमा अनुवाद गर्नुपर्ने हुन सक्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

जोड्ने कथनः

ख्रीष्‍टिएनहरूले कसरी आफैँलाई एक अर्कामा सुम्पनुपर्छ भन्‍ने कुरा बताउन पावलले निरन्तरता दिन्छन् । उनले छोराछोरीहरू, बाबुहरू, कादारहरू, र मालिकहरूलाई निर्देशन दिन्छन् ।

छोराछोरीहरू हो, प्रभुमा तिमीहरूका बाबुआमाको आज्ञापालन गर

पावलले छोराछोरीहरूलाई तिनीहरूका शारीरिक बाबुआमाको आज्ञापालन गर्नलाई सम्झना गराउँछन् ।