ne_tn/eph/05/11.md

2.4 KiB

अन्धकारका फलहीन कार्यहरूमा सहभागी नहोओ

अविश्‍वासीहरूले गर्ने व्यर्थका, पापपूर्ण कुराहरू चाहिँ मानिसहरूले कसैले पनि नदेखोस् भनेर अन्धकारमा गर्ने दुष्‍ट कामहरू भए झैँ गरेर पावलले बताउँछन् । गरेजस्तै अविश्‍वासीहरूले गर्ने व्यर्थका, पापिष्‍ठ कामहरूबारे पावलले व्यक्त गरेका छन् । वैकल्पिक अनुवादः “अविश्‍वासीहरूसँग व्यर्थका, पापपूर्ण कुराहरू नगर” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

फलहीन कार्यहरू

ती कामहरू जसले केही असल, उपयोगी वा लाभदायक कुरा गर्दैनन् । पावलले खराब कार्यहरूलाई अस्वस्थ रूखसँग दाँज्दैछन् जसले केही असल फलाउँदैन । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरूलाई प्रकट गर

अन्धकारको कामको विरूद्धमा बोल्नु भनेको चाहिँ मानिसहरूले तिनीहरूलाई देखून् भनेर तिनीहरूलाई उज्यालोमा ल्याउने कुरा हो जस्तो गरेर बताइएको छ । वैकल्पिक अनुवादः “तिनीहरूलाई बाहिर प्रकाशमा ल्याओ” वा “तिनीहरूलाई ढाक्‍ने कुरा हटाइदेओ” वा “यी कार्यहरू कति गलत छन् भनेर मानिसहरूलाई देखाइदेओ र बताइदेओ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)