ne_tn/eph/05/01.md

2.1 KiB

जोड्ने कथनः

विश्‍वासीहरू परमेश्‍वरका सन्तानको रूपमाहरू तिनीहरू कसरी जिउनुपर्छ र कसरी जिउनुहुँदैन भनेर बताउनलाई पावलले निरन्तरता दिन्छन् ।

त्यसकारण, परमेश्‍वरका अनुकरण गर्नेहरू होओ

“यसैकारण, परमेश्‍वरले जे गर्नुहुन्छ तिमीहरूले पनि त्यसै गर्नुपर्छ ।” यसैकारण भन्‍ने शब्दले अगाडिको एफिसीहरू ४:३२ लाई जनाउँछ जसले विश्‍वासीहरूले किन परमेश्‍वरको देखासिकी गर्नुपर्छ भनेर बताउँछ, किनभने ख्रीष्‍टले विश्‍वासीहरूलाई माफी दिनुभयो ।

धेरै प्रिय मानेर प्रेम गरिएका छोराछोरीहरू झैँ

हामी परमेश्‍वरका छोराछोरीहरू भएका हुनाले हामीले उहाँको देखासिकी गरेको वा उहाँलाई पछ्याएको उहाँ चाहनुहुन्छ । वैकल्पिक अनुवादः “जसरी धेरै प्रेम गरिएका छोराछोरीहरूले तिनीहरूका बाबुहरूको देखासिकी गर्छन्” वा “किनभने तिमीहरू उहाँका छोराछोरीहरू हौ र उहाँले तिमीहरूलाई प्यारो मानेर प्रेम गर्नुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-simile)