ne_tn/eph/04/intro.md

2.6 KiB

एफिसीहरू ०४ सामान्य टिपोटहरू

संरचना र ढाँचा

केही अनुवादहरूले पढ्नलाई सजिलो बनाउनलाई कविताको हरेक पङ्क्तिलाई बाँकीको खण्‍डभन्दा दायाँतिर केही पर सार्छन् । यूएलटीले पद ८ सँग यसै गर्छ, जुन पुरानो करारबाट लिइएको हो ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

आत्मिक वरदानहरू

आत्मिक वरदानहरू भनेका ख्रीष्‍टिएनहरू येशूमा विश्‍वास गर्न आइसकेपछि तिनीहरूलाई पवित्र आत्माले दिनुहुने निर्दिष्‍ट अलौकिक क्षमताहरू हुन् । मण्‍डली विकासको गर्नका लागि यी आत्मिक वरदानहरूको भूमिका मूलभूत थियो । पावलले यहाँ केही आत्मिक वरदानहरूलाई मात्र सूचीकृत गर्छन् । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/faith)

एकता

मण्‍डली एकीकृत छ भन्‍ने कुरा चाहिँ धैरै महत्त्वपूर्ण छ भनी पावलले मान्छन् । यो यस अध्यायको प्रमुख विषयवस्तु हो ।

यस अध्यायमा भएका अनुवादका अन्य सम्भाव्य कठिनाइहरू

पुरानो मानिस र नयाँ मानिस

“पुरानो मानिस” भन्‍ने शब्दले सम्भवतः त्यो पापपूर्ण स्वभावलाई जनाउँछ जससँग एक व्यक्ति जन्मिन्छ । “नयाँ मानिस” भनेको नयाँ स्वभाव वा नयाँ जीवन हो जुन एक व्यक्तिलाई ख्रीष्‍टमा विश्‍वासमा आइसकेपछि परमेश्‍वरले दिनुहुन्छ ।