ne_tn/eph/03/intro.md

2.3 KiB

एफिसीहरू ०३ सामान्य टिपोटहरू

संरचना र ढाँचा

“म प्रार्थना गर्छु”

यो अध्यायको संरचना थोरै प्रार्थनाको जस्तो छ, तर यो खासै प्रार्थना जस्तो छैन । यो एउटा अद्वितीय “प्रार्थना” हो जहाँ पावल केवल परमेश्‍वरसँग मात्र कुरा गरिरहेका छैनन् । उनले एफिससमा भएको मण्‍डलीलाई लिखित निर्देशनहरू पनि दिइरहेका छन् ।पावलले यस अध्यायको केही भागलाई परमेश्‍वरलाई गरिएको प्रार्थनाको रूपमा संरचना दिन्छन् । तर पावलले परमेश्‍वरसँग कुरा मात्र गरिरहेका छैनन् । उनले एफिससमा भएका मण्‍डलीको लागि प्रार्थना गर्ने र तिनीहरूलाई निर्देशन दिने काम दुवै गरिरहेका छन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

रहस्य

पावलले मण्‍डलीलाई एक “रहस्य”को रूपमा जनाउँछन् । परमेश्‍वरका योजनाहरूमा मण्‍डलीको भूमिकाको बारेमा एकसमयमा जानिएको थिएन । तर अब परमेश्‍वरले त्यसलाई प्रकट गर्नुभएको छ । यस रहस्यको एउटा भागले परमेश्‍वरका वर्तमान योजनाहरूमा अन्यजातिहरूको यहूदीहरूसँग भएको बरारबर उभ्याइलाई संलग्न गराउँछ ।