ne_tn/eph/03/06.md

2.1 KiB

अन्यजातिहरू सङ्‍गी उत्तराधिकारीहरू हुन् ... सुसमाचारद्वारा

अगिल्लो पदमा पावलले व्याख्या गर्न सुरुआत गरेको गुप्‍त सत्यता यही हो । ख्रीष्‍टलाई ग्रहण गर्ने अन्यजातिहरूले पनि यहूदी विश्‍वासीहरूले झैँ उही कुराहरू प्राप्‍त गर्छन् ।

शरीरका सङ्‍गी सदस्यहरू

मण्डलीलाई प्रायः ख्रीष्‍टको शरीरको रूपमा उल्लेख गरिन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

ख्रीष्‍ट येशूमा

“ख्रीष्‍ट येशूमा” र यस्तै खालका अभिव्यक्तिहरू त्यस्ता अलङ्कारहरू हुन्, जुन नयाँ करारमा धेरै पटक प्रयोग भएका छन् । तिनीहरूले ख्रीष्‍ट र उहाँमा विश्‍वास गर्नेहरूका बीचमा हुन सक्‍ने सबैभन्दा मजबुत सम्बन्धलाई व्यक्त गर्छन् ।

सुसमाचारद्वारा

सम्भावित अर्थहरू हुन् १) सुसमाचारको कारण अन्यजातिहरू यस प्रतिज्ञामा सङ्‍गी सहभागी भएका छन् वा २) सुसमाचारको कारण अन्यजातिहरू सङ्‍गी उत्तराधिकारीहरू र उहाँको शरीरका सदस्यहरू र प्रतिज्ञाका सङ्‍गी भागीदारहरू हुन् ।