ne_tn/eph/02/21.md

1.3 KiB

सारा भवन एकसाथ जोडिन्छ र एउटा मन्दिरको रूपमा बढ्दै जान्छ

पावलले ख्रीष्‍टको परिवारलाई एउटा भवनको रूपमा व्यक्त गरिरहेका छन् । जसरी भवन बनाउने व्यक्तिले निर्माण गर्ने क्रममा ढुङ्गाहरूलाई मिलाएर राख्छ, त्यसरी नै ख्रीष्‍टले हामीलाई मिलाएर एकसाथ जोड्दै हुनुहुन्छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँमा ... प्रभुमा

“ख्रीष्‍टमा ... प्रभु येशूमा ।” यी अलङ्कारहरूले ख्रीष्‍ट र उहाँमा विश्‍वास गर्नेहरूका बीचमा सम्भव हुने सबैभन्दा दृढ किसिमको सम्बन्धलाई व्यक्त गर्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)