ne_tn/eph/02/11.md

2.6 KiB

जोड्ने कथनः

ख्रीष्‍ट र उहाँको क्रूसद्वारा परमेश्‍वरले अन्यजातिहरू र यहूदीहरूलाई एउटै शरीरमा ल्याउनुभएको कुरालाई पावलले सम्झना दिलाएका छन् ।

शरीरमा भएका अन्यजातिहरू

यसले यहूदी भएर नजन्मिएका मानिसहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

बेखातना

अन्यजातिहरू बालक हुँदा तिनीहरूको खतना भएको हुँदैन र यसैकारण यहूदीहरूले तिनीहरूलाई परमेश्‍वरको व्यवस्था नमान्‍नेहरू भनेर सम्झन्थे । वैकल्पिक अनुवादः “खतना नभएका मूर्तिपूजकहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

खतना

यहूदीहरूका निम्ति प्रयोग हुने यो अर्को शब्द हो, किनकि आठौँ दिनमा सबै पुरूष शिशुहरूको खतना हुन्थ्यो । वैकल्पिक अनुवादः “खतना भएका मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

जुन मानिसहरूका हातहरूबाट शरीरमा भएको “खतना” भनिन्छ

सम्भावित अर्थहरू हुन् १) “यहूदीहरू, जो मानिसहरूद्वारा खतना गरिएका हुन्” वा २) “भौतिक शरीरमा मात्र खतना गर्ने यहूदीहरू ।”

भनिएको कुराद्वारा

यसलाई कर्तृ वाच्यमा अनुवाद गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले भन्‍ने कुराद्वारा” वा “तीबाट जसलाई मानिसहरूले ... भन्छन्” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)