ne_tn/eph/02/10.md

1.3 KiB

ख्रीष्‍ट येशूमा

“ख्रीष्‍ट येशूमा” र यस्तै खालका अभिव्यक्तिहरू त्यस्ता अलङ्कारहरू हुन्, जुन नयाँ करारमा धेरै पटक प्रयोग भएका छन् । यसले ख्रीष्‍ट र उहाँमा विश्‍वास गर्नेहरूका बीचमा हुन सक्‍ने सबैभन्दा मजबुत सम्बन्धलाई व्यक्त गर्छ ।

हामी तिनमा हिँडौँ

कुनै मार्गमा हिँड्नु भनेको चाहिँ कोही व्यक्तिले उसको जीवन कसरी जिउँछ भन्‍ने कुरालाई जनाउने अलङ्कार हो । यहाँ “तिनमा” भन्‍ने कुराले “असल कार्यहरू”लाई जनाउँछ । वैकल्‍पिक अनुवादः “हामी ती असल कार्यहरूलाई सधैँ र निरन्तर रूपमा गरौँ”