ne_tn/eph/02/01.md

1.4 KiB

जोड्ने कथनः

पावलले विश्‍वासीहरूलाई तिनीहरूको बितेको समय र परमेश्‍वरको सामु तिनीहरूको वर्तमान अवस्थाबारे सम्झना गराएका छन् ।

तिमीहरू आफ्ना अपराध र पापहरूमा मरेका थियौ

यसले एउटा मृतकले शारीरिक रूपमा प्रतिक्रिया दिन नसके झैँ पापी मानिसहरूले पनि परमेश्‍वरको आज्ञापालन गर्न नसक्‍ने कुरालाई देखाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

तिमीहरूका अपराध र पापहरू

“अपराध” र “पापहरू” भन्‍ने शब्दहरूका अर्थ उस्तै-उस्तै हुन्छन् । मानिसहरूको पाप कति ठूलो छ भनेर देखाउनको निम्ति पावलले यी शब्दहरूलाई सँगै प्रयोग गरेका हुन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)