ne_tn/eph/01/intro.md

2.3 KiB

एफिसीहरू ०१ सामान्य टिपोटहरू

संरचना र ढाँचा

“म प्रार्थना गर्छु”

पावलले यस अध्यायको केही भागलाई परमेश्‍वरलाई प्रशंसा गरेको प्रार्थनाको जस्तो संरचना दिन्छन् । तर पावल केवल परमेश्‍वरसँग मात्र कुरा गरिरहेका छैनन् । उनले एफिससमा भएको मण्‍डलीलाई सिकाइरहेका छन् । उनले एफिसीहरूको लागि कसरी प्रार्थना गरिरहेका छन् भनेर पनि उनले तिनीहरूलाई बताउँछन् ।

यस अध्यायमा भएका विशेष अवधारणाहरू

पूर्वनिर्धारण

धेरै विद्वानहरूले विश्‍वास गर्छन् कि यस अध्यायले “पूर्वनिर्धारण” भन्‍ने विषयमा सिकाउँछ । यो “पूर्वनिर्धारण गर्ने” भन्‍ने बाइबलीय अवधारणासँग सम्बन्धित छ । परमेश्‍वरले केही मानिसहरूलाई अनन्त रूपमा बचाउनलाई संसारको उत्पत्तिभन्दा अगाडिबाटै चुन्‍नुभएको छ भनी यसले सङ्केत गर्छ भनेर केही विद्वानहरूले मान्छन् । यस विषयमा बाइबलले के सिकाउँछ भनेर ख्रीष्‍टिएनहरूसँग विभिन्‍न धारणाहरू छन् । त्यसैले यस अध्यायलाई अनुवाद गर्दा अनुवादकहरूले थप होसियारी पुर्‍याउनुपर्छ । (हेर्नुहोस्ः rc://*/tw/dict/bible/kt/predestine)