ne_tn/eph/01/20.md

3.1 KiB

उहाँलाई बिउँताउनुभयो

“उहाँलाई पुनः जीवित बनाउनुभयो”

मृतकहरूबाट

ती सबैको माझबाट जो मरिगएका छन् । यस अभिव्यक्तिले तल पातालको संसारमा भएका सबै मृतक मानिसहरूलाई एकसाथ व्यक्त गर्छ । तिनीहरूको माझबाट फर्की आउने कुराले पुनः जीवित बन्‍ने कुराको विषयमा बताउँछ ।

उहाँलाई स्वर्गीय स्थानहरूमा आफ्‍नो दाहिने बाहुलीपट्टि राख्‍नुभयो

राजाको “दाहिने हातपट्टि” बस्‍ने व्यक्ति चाहिँ उनको दायाँतर्फ बस्छन् र राजाको सारा अधिकारको साथमा शासन गर्छन् जुन राजाको दाहिने हातपट्टि वा दायाँपट्टि तिनी बस्छन् । यो स्थानलाई जनाउने प्रतिस्थापन शब्द हो जसले त्यस स्थानमा भएको व्यक्तिसँग भएको अधिकारलाई प्रतिनिधित्व गर्छ । वैकल्‍पिक अनुवादः “स्वर्गबाट शासन गर्नलाई सारा अधिकार उहाँलाई दिनुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

उहाँलाई आफ्‍नो दाहिने बाहुलीपट्टि राख्‍नुभयो

परमेश्‍वरको “दाहिने हातपट्टि” बस्‍नु भनेको परमेश्‍वरबाट महान् सम्‍मान र अधिकार प्राप्‍त गर्ने कुराको सङ्केतात्मक कार्य हो । वैकल्‍पिक अनुवादः “उहाँलाई आफ्‍नो छेउमा सम्‍मान र अधिकारको स्थानमा बसाल्‍नुभयो” (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-symaction)

स्वर्गीय स्थानहरूमा

“अलौकिक संसारमा ।” “स्वर्गीय” भन्‍ने शब्दले परमेश्‍वर हुनुभएको स्थानलाई जनाउँछ । तपाईंले यसलाई एफिसीहरू १:३ मा कसरी अनुवाद गर्नुभएको छ, सो हेर्नुहोस् ।