ne_tn/eph/01/01.md

2.3 KiB

सामान्य जानकारीः

एफिससको मण्डलीमा भएका विश्‍वासीहरूका निम्ति लेखिएको यस पत्रको लेखकको रूपमा पावलले आफैँलाई नाम दिन्छन् । छुट्टै गरी बताइएको ठाउँमा बाहेक, प्रयोग भएका सबै “तिमीहरू” र “तिमीहरूका” भन्‍ने शब्दहरूले एफिससका विश्‍वासीहरू र सबै विश्‍वासीहरूलाई जनाउँछन्, यसैकारण, यी बहुवचनको रूपमा प्रयोग भएका छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-you)

पावल, एक प्रेरित ... परमेश्‍वरका पवित्र मानिसहरूलाई जो एफिससमा छन्

तपार्इंको भाषामा कुनै पत्रका लेखक र त्यस पत्रका लक्षित पाठकहरूलाई परिचित गर्ने कुनै विशेष तरिका हुन सक्छ । वैकल्पिक अनुवादः म पावल, एक प्रेरित, ... परमेश्‍वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरूलाई यो पत्र लेख्दछु”

ख्रीष्‍ट येशूमा विश्‍वासयोग्य भएकाहरू

“ख्रीष्‍ट येशूमा” र यस्तै अरू वाक्यांशहरू नयाँ करारका पत्रहरूमा धेरै पटक दोहोरिने अलङ्कारहरू हुन् । यी वाक्यांशहरूले ख्रीष्‍ट र उहाँमा विश्‍वास गर्नेहरू बीचमा हुन सक्‍ने सबै भन्दा मजबुत सम्बन्धलाई जनाउँछन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)