ne_tn/deu/33/29.md

3.9 KiB

सामान्य जानकारीः

मोशा इस्राएलीहरूसित तिनीहरू एउटा व्यक्ति भए झैँ बोल्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र ? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ ।

यसलाई एउटा सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । यसलाई कर्तृवाच्यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः " परमप्रभुले बचाउनु भएको जाति तिमीजस्तै अरू कोहि छैन । उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-activepassive]])

ढाल ... तरवार

परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूको शत्रुहरूबाट जोगाउनु भएको कुरा र तिनीहरूलाई तिनीहरूको शत्रुहरूलाई आक्रमण गर्न सक्षम तुल्याउनु भएको कुरा बारे यिनीहरूले बताउँछन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

तिम्रो सहायताको ढाल

"ढाल" शब्द परमप्रभुले इस्राएलीहरूलाई रक्षा गर्नु र तिनीहरूलाई जोगाउनुको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "तिमीलाई रक्षा गर्नु हुने र साहयता गर्नु हुने" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-abstractnouns]])

तिम्रो प्रतापको तरवार

"तरवार" शब्द लडाइँ जित्नको निम्ति तरवारद्वारा मार्न सक्ने शक्तिको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "तिमीलाई लडाइँ जित्न सक्षम तुल्याउनु हुने र प्रतापी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ

सम्भावित अर्थहरू हुन्ः १) इस्राएलीहरूले ती ठाउँहरूलाई नाश गर्ने छन् जहाँ अरू मानिसहरूले झुटा देवताहरूलाइ पुज्छन् वा २) इस्राएलीहरू तिनीहरूका शत्रुहरूलाई नाश गरेपछि उनीहरूमाथि हिड्ने छन् ।

शब्द अनुवाद