ne_tn/deu/33/27.md

2.7 KiB

अनन्त परमेश्वर शरणस्थान हुनुहुन्छ

"शरणस्थान"ले आश्रय लिने ठाउँ वा खतरा देखि सुरक्षित ठाउँलाई जनाउँछ । अर्को अनुवादः "अनन्तका परमेश्वरले उहाँका मानिसहरूलाई रक्षा गर्नु हुन्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

मुनितिरचाहिँ अनन्त पाखुरा छन्

"अनन्त पाखुरा" शब्दहरू परमप्रभुले उहाँका मानिसहरूलाई सदासर्वदा रक्षा गर्नुहुन्छ भन्‍ने उहाँको प्रतिज्ञाको निम्ति एउटा रूपक हो । अर्को अनुवादः "उहाँले आफ्ना मानिसहरूलाई सदासर्वदा सहायता गर्नुहुने छ र तिनीहरूको रेखदेख गर्नुहुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

उहाँले ... धपाउनुहुने छ ... उहाँले भन्‍नुभयो

मोशाले भविष्यको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो तिनले भनिरहेको कुरा हुन आउने छ भनेर जोड दिने बिग्तको कुरा थियो । अर्को अनुवादः "उहाँले ... धपाउनुहुने छ ... उहाँले भन्‍नु हुने छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-pastforfuture)

उहाँले भन्‍नुभयो, "नाश पार्!

यदि यो प्रत्यक्ष उद्धरणले तपाईंको भाषामा स्पष्ट अर्थ दिँदैन भने तपाईंले यसलाई अप्रत्यक्ष उद्धरणमा बदल्न सक्नुहुन्छ । अर्को अनुवादः "उहाँले तिनीहरूलाई नाश गर्नको निम्ति तिमीहरूलाई आज्ञा गर्नु हुने छ!" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-quotations)

शब्द अनुवाद