ne_tn/deu/33/24.md

2.6 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् । आशिष्‌हरू छोटा कविताहरू हुन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

आफ्नो खुट्टा जैतूनको तेलमा धोऊन्

जैतूनको तेल भोजन र अनुहार अनी हातको छालाको निम्ति प्रयोग गरिन्थ्यो । खुट्टा फोहोर हुन्थयो त्यसैले जैतूनको तेल खुट्टामा लगाउँनु भनेको त्यस मूल्यवान तेललाई खेर फाल्नु थियो । यस वाक्यांशको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिनीसँग यती धेरै जैतूनको तेल छन् कि त्यसले त्यो खेर फाल्न सक्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनको सहरका बारहरू ... तिमी बाँचुञ्जे ... तिम्रो सुरक्षा

मोशा आशेरको कुलसँग तिनीहरू एउटा व्यक्ति भए झैँ बोल्छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-you)

तिनको सहरका बारहरू फलाम र काँसाका होऊन्

सहरहरूका ढोकाहरूमा शत्रुहरूलाई बाहिरै राख्‍न ठूला-ठुला वारपार गरी लगाइएका बारहरू हुन्थ्यो । यस वाक्यांशको अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "तिमी तिम्रा शत्रुहरूका आक्रमणदेखि सुरक्षित रह" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद