ne_tn/deu/33/18.md

2.9 KiB

सामान्य जानकारीः

मोशा इस्राएलका कुलहरूलाई निरन्तर आशिष् दिन्छन् । आशिष्‌हरू छोटा कविताहरू हुन् । तिनी जबूलून र इस्साखारको कुलसँग तिनीहरू एउटा व्यक्ति भए झैँ बोल्छन्, त्यसैले "तिमी" शब्द र "आनन्दित होओ" आज्ञा एक वचन हुन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-parallelism]] र [[rc:///ta/man/translate/figs-you]])

ए जबूलून तिमी बाहिर जाँदा र ए इस्साखार तिमी आफ्ना पालहरूमा बस्दा आनन्दित होओ

जबूलूनका मानिसहरू भुमध्यसागर नजिक बस्दथे । तिनीहरू समुद्र भएर यात्रा गर्थे र अरू मानिसहरूसँग व्यापार गर्थे । इस्साखारका मानिसहरू शान्तमय जीवन र भुमीमा खेती गर्न र बगालको हेरचाह गर्न रुचाउथे । तपाईंले यहाँ बुझाइएको जानकारीलाई स्पष्ट पार्न सक्नुहुन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यहाँ तिनीहरूले ... चढाउने छन्

"त्यहीँ नै हो जहाँ तिनीहरूले ... चढाउने छन् "

धार्मिकताका बलिदानहरू

"ग्रहणयोग्य बलिदानहरू" वा "उचित बलिदानहरू"

किनकि तिनीहरूले समुद्रको प्रचुरता र समुद्रीतटको बालुवाको सम्पत्ति उपभोग गर्ने छन्

सम्भावित अर्थहरू हुन्ः १) तिनीहरू समुद्र पारीका मानिसहरूसँग व्यापार गर्ने छन् वा २) तिनीहरूले माटोका भाडाकुडा बनाउन बालुवाको प्रयोग गर्न लागेका थिए ।

शब्द अनुवाद